तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कार्डिनल विरुद्ध यौन दुर्व्यवहारका आरोप
अष्ट्रेलियाका सबभन्दा वरिष्ठ क्याथोलिक अधिकारी कार्डिनल जर्ज पेल विरुद्ध त्यहाँको प्रहरीले विगतमा भएका बाल यौन दुर्व्यवहारका आरोपहरु लगाएको छ।
भिक्टोरीया राज्यका प्रहरीका अनुसार ती आरोप सन् १९७० ताका भएका पुराना घटनासंग सम्बन्धित छन्।
भिक्टोरिया प्रहरीका उप कमिसनर शेन प्याटनले एक जना भन्दा धेरै व्यक्तिले उनी विरुद्ध त्यस्ता आरोप लगाएको बताए।
अस्वीकार
कार्डिनल पेलले आफुले कुनै गल्ती नगरेको बारम्बार बताउँदै आएका छन्।
ती वरिष्ठ कार्डिनल भ्याटिकन सिटीमा बस्छन् र भ्याटिकनका आर्थिक व्यवस्थापन हेर्छन्।
उनलाई मेलबोर्न म्याजिस्ट्रेट्स अदालतमा जुलाई १८ मा हाजिर हुन भनिएको छ।
उनी रोमन क्याथोलिक चर्चको तेस्रो वरिष्ठ नेता रहेको ठानिन्छ।
सो चर्चले सामना गर्नु परेको विभिन्न यौन दुर्व्यवहारका आरोप झेल्ने कार्डिनल पेल अहिलेसम्मकै सबभन्दा वरिष्ठ अधिकारी हुन्।