तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'परिष्कृत प्रकृतिको क्षेप्यास्त्र परीक्षण'
उत्तर कोरियाले आइतबार आफूले परीक्षण गरेको क्षेप्यास्त्र ठूलो पारमाणविक युद्धशीर्ष बोक्न सक्ने नयाँ प्रकृतिको भएको दावी गरेको छ।
ठाडो कोणमा प्रक्षेपण गरिएको उक्त क्षेप्यास्त्र २,००० किलोमिटर उचाईसम्म पुगेको र झण्डै ७०० किलोमिटर यात्रा गरी जापानदेखि पश्चिममा रहेको समुद्रमा अवतरण गरेको थियो।
उत्तर कोरियाले "नयाँ परिष्कृत ब्यालेस्टिक रकेट"को परीक्षण गरेको सोमबारमात्रै जनाएको हो।
दक्षिण कोरियाले उत्तर कोरियाली दावीलाई अझै पुष्टि गर्न नसक्ने बताएको छ।
अन्तरमहादेशीय
तर उसले उत्तर कोरियाली क्षेप्यास्त्र आकाशतर्फ जाँदै र फर्किंदै गरेको देखिएको तथा त्यो अन्तरमहादेशीय क्षेप्यास्त्रको विकासका निम्ति महत्वपूर्ण भएको बताएको योन्हाप समाचार स्थाले जनाएको छ।
यसपटक उत्तर कोरियाले लगालग गर्दै आएको क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रियस्तरमा चिन्ता उत्पन्न गराएको छ भने अमेरिकासँग तनाव बढाएको छ।
सबै परीक्षणहरु सफल नभएपनि त्यसबाट संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन भएको छ।
अमेरिका र जापानले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेका छन्।