तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जर्मनीमा सैनिक ब्यारेकहरुको खानतलासी
जर्मनीका दुईवटा सैनिक ब्यारेकमा नाजी समय सम्झाउने वस्तुहरु फेला परेपछि देशका सबै ब्यारेकको खानतलासी गर्न आदेश दिइएको छ।
उक्त आदेश जर्मनीको सशस्त्र फौजले दिएको रक्षामन्त्रीले बताएकी छन्।
सबै ब्यारेकमा एडोल्फ हिटलरको पक्षधर सेनासँग सम्बन्धित वस्तुहरु छन् कि भनेर खोजी गरिनेछ।
गत एप्रिल महिनाको अन्त्यतिर चरम दक्षिणपन्थी विचार व्यक्त गरेका सेनाका एक लेफ्टिनेन्टलाई गिरफ्तार गरिएको थियो।
आदेश
सिरियाली शरणार्थीका रुपमा एकजना अधिकारीले आक्रमणको योजना बनाएको भन्ने आरोप लगायत सेनाभित्रै चरम दक्षिणपन्थी अतिवादी घटना बढ्दै गएपछि पछिल्लो आदेश आएको छ।
फ्र्यांकफर्टका अभियोजनकर्ताहरुले २८ वर्षीय ती संदिग्धको जातीय असहिष्णु पृष्ठभूमि रहेको बताएका छन्।
जर्मनीकी रक्षामन्त्री उर्सुला फन डर लेयन पूर्वनिर्धारित अमेरिका भ्रमण रद्द गरेर नाजीकालीन त्यस्तो वस्तु प्रदर्शन गरिएको ब्यारेक पुगेकी छन्।
नाजी जनाउने वस्तुहरुमा प्रतिबन्ध भएपनि सबैको साझा कोठामा उक्त वस्तु खुला प्रदर्शनमा राखिएको थियो।
त्यस्तै वस्तु दक्षिण-पश्चिमी अर्को शहरस्थित ब्यारेकमा पनि फेला परेको थियो।
आलोचना
स्पाइजेल अनलाइनले नाजी सेनाका तस्वीर, नाजी पेस्तोल, हेलमेट र सैन्य सजावट सामाग्रीसहित एउटा भित्तामा राखिएको जनाएको छ।
रक्षा मन्त्रालयका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई भने, डोनेस्किनजेनमा पाइएका सामाग्रीमा जर्मन कानुन अनुसार दण्डनीय हुने स्वस्तिक चिन्ह जस्ता वस्तु भने फेला परेको होइन।
रक्षामन्त्री लेयनले अहिलेको सेनामा नाजीकालीन समर्थन सह्य नहुने बताइन्।
उनले वरिष्ठ अधिकारीहरुको कमजोरी नभइ पछिल्ला काण्डहरु नहुने भन्दै सेनाको आलोचना गरिन्।
तर राजनीतिक विपक्षीहरुले सारा सेनमाथि हिलो छ्यापेको आरोप लगाएपछि उनले पछि आफ्नो आलोचनाको शैलीका लागि क्षमा मागिन्।