गाजामा मारिएका हमास नेता याह्या सिन्वार को हुन्

गाजामा मारिएका हमास नेता याह्या सिन्वार को हुन्

इजरेली सेनाले हमास समूहका नेता याह्या सिन्वार मारिएको दाबी गरेको छ।

सिन्वार इजरेलले सर्वाधिक खोजी गरिरहेका व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा थिए। उनलाई इजरेलले गत वर्ष अक्टोबर ७ मा भएका आक्रमणहरूका लागि दोषी मान्दै आएको थियो।

केही महिनाअघि हमास नेता इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिन्वार उक्त लडाकु समूहका नेता नियुक्त भएका थिए।

हामीलाई सिन्वारबारे अरू के थाहा छ? हेर्नुहोस् यो भिडिओमा।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।