तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नभाल्नीले जेलभित्रबाट न्यायाधीशसँग ठट्टा गरेको भिडिओ
रुसी राष्ट्रपतिका आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलभित्र मृत्यु भएको बताइएपछि उनका समर्थकहरूले उनको हत्या भएको आशङ्का गरेका छन्।
तर रुसको कारागार हेर्ने निकाय र अधिकारीहरूले नभाल्नीको मृत्यु अकस्मात् भएको दाबी गरेका छन्। नभाल्नीको मृत्युको समाचार पाएपछि रुसमा विरोधप्रदर्शन गर्ने झन्डै ४०० जनालाई पक्राउ गरिएको छ।
यूकेले नभाल्नीको मृत्युका लागि रुस सरकार जिम्मेवार हुनुपर्ने भन्दै निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ।
नभाल्नीका समर्थकहरूले रुसी प्रशासनले उनको शव लुकाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अधिकारीहरूले पहिलो पटक गरिएको शवपरीक्षणबाट मृत्युको कारण राम्री नखुलेकाले दोहोर्याएर गर्नुपर्ने भन्दै त्यो सकिएपछि मात्र नभाल्नीको शव परिवारलाई दिइने कुरा उनकी आमालाई बताइएको थिए।
रुसी विदेश मन्त्रालयले ब्रिटिश अधिकारीहरूसँगको एउटा बैठकमा नभाल्नीको मृत्युबारे गरिएका अनुमानहरू "पूर्वाग्रहपूर्ण र अवास्तविक" भएको भन्दै तिनको खण्डन गरेका छन्।
नभाल्नीलाई भिडिओ कलमार्फत् अदालतसमक्ष पेस गरिएको एउटा भिडिओ उनको मृत्यु भएको घोषणा गर्नुभन्दा एक दिनअघि सार्वजनिक भएको थियो। ज्यानुअरीमा खिचिएको उक्त भिडिओमा नभाल्नीले ठट्टा गर्दै गरेको देखिन्छ।
उनलाई डिसेम्बर महिनामा राजधानी मस्कोभन्दा १,९०० किमि टाढा साइबेरियाको खार्प सहरमा अवस्थित आर्क्टिक सर्कल जेलमा सारिएको थियो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।