'हामीलाई पनि आफ्ना बच्चालाई जसरी नै खानेकुरा दिनुहोस्': गाजामा कुपोषणका कारण ज्यान गुमाउँदै शिशुहरू

'हामीलाई पनि आफ्ना बच्चालाई जसरी नै खानेकुरा दिनुहोस्': गाजामा कुपोषणका कारण ज्यान गुमाउँदै शिशुहरू

गाजामा विगत तीन दिनमा २१ बालबालिकाको कुपोषण र भोकका कारण मृत्यु भएको गाजा सिटीस्थित शिफा अस्पतालका निर्देशक डा मोहम्मद अबु साल्मियाले बताएका छन्।

गाजाकै रन्तिसि अस्पतालका चिकित्सकहरूका अनुसार कुपोषणका कारण बिरामी भएका बच्चाहरूको सङ्ख्या ह्वातै बढेको छ।

आमाहरू आफ्ना बच्चालाई स्तनपान गराउन आफूलाई नै पोषण नपुगेको र बच्चालाई खुवाउने धुलो दूधको अभाव भएको बताइरहेका छन्।

इजरेली सेनाको एउटा निकायले केही सातायता विभिन्न नाकाबाट गाजामा ठूलो परिमाणमा बच्चाको खाद्यपदार्थ र धुलो दूध जान दिइएको दाबी गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।