साइकलमा आइफल टावर चढेर टिकटकरले बनाए नयाँ विश्वकीर्तिमान

साइकलमा आइफल टावर चढेर टिकटकरले बनाए नयाँ विश्वकीर्तिमान

फ्रान्समा एक साइक्लिस्ट तथा माउन्टेन बाइक च्याम्पिअनले साइकलमा विश्वप्रसिद्ध आइफल टावरका खुड्किला सबैभन्दा चाँडै चढेर नयाँ विश्वकीर्तिमान बनाएका छन्।

ओरेलिएँ फोन्टन्वाले उक्त टावरको दोस्रो तलासम्म पुग्न ६८६ खुड्किला १२ मिनेट ३० सेकेन्ड लगाए।

यो समय यसअघि सन् २००२ मा कायम भएको रेकर्डभन्दा झन्डै सात मिनेटले कम हो।

नयाँ कीर्तिमान बनाउनका लागि सिँढी वा भुइँमा खुट्टा टेक्न नपाउने सर्त राखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।