हिउँमा चिप्लेटी खेल्दै गर्दा ज्वालामुखीबाट निस्कियो धुवाँ र खरानीको मुस्लो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हिउँमा चिप्लेटी खेल्दै गर्दा ज्वालामुखीबाट निस्कियो धुवाँ र खरानीको मुस्लो

इटलीमा गत शनिवार हिउँमा चिप्लेटी खेल्दै स्कीअरहरू तल ओर्लने क्रममा नजिकै रहेको एट्ना ज्वालामुखी पर्वतबाट खरानी र धुवाँका ठूलाठूला मुस्लाहरू निस्किन थाले।

एट्ना युरोपको सबैभन्दा अग्लो ज्वालामुखी पर्वत हो। उक्त पर्वत भूमध्यसागरमा रहेको सिसिली टापुमा अवस्थित छ।ज्वालामुखी विस्फोट हुँदा कोही पनि घाइते भएको विवरण आएको छैन।

भौगर्भिक र ज्वालामुखीका गतिविधिहरूको निगरानी गर्ने इटलीको वैज्ञानिक संस्थाका वैज्ञानिकहरूले उक्त ज्वालामुखीको मुखबाट निरन्तर खरानी निस्किरहेको बताएका छन्। चार वर्ष निष्क्रिय रहेको यो ज्वालामुखी पर्वत गत वर्ष अगष्टदेखि फेरि सक्रिय हुन थालेको हो।

वैज्ञानिकहरूले सो क्षेत्र नजिकै उड्ने विमानहरूलाई सतर्क रहन चेतावनी जारी गरे। तर खरानीको मात्रा बढेसम्म उडानहरू बन्द नगरे हुने अधिकारीहरूले बताए।

निकै सक्रिय भए पनि उक्त ज्वालामुखी विस्फोटन हुँदा ठूलो क्षति भने हुने गरेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।