जापानी टापुमा ज्वालामुखी विस्फोटन हुँदा यसरी उछिट्टियो चट्टान
जापानको एउटा टापुमा गत साता ज्वालामुखी विस्फोटन भएको थियो। त्यस क्रममा निस्किएको चट्टान उछिट्टिएर नजिकै समुद्रमा खसेको दृश्य जापान कोस्ट गार्डले सार्वजनिक गरेको छ।
जापान कोस्ट गार्डका अनुसार ज्वालामुखीबाट निस्किएको खरानी र चट्टान मिसिएको मुस्लो आकाशमा झन्डै २०० मिटर माथि पुगेको थियो।
ज्वालामुखी भएको 'नीजिमा' नामक उक्त टापु देशको राजधानी टोक्योबाट १५० किलोमिटर दक्षिणमा पर्छ।
दश वर्षअघि ज्वालामुखी विस्फोटनकै कारण उक्त समुद्रमा उक्त टापु बनेको थियो। जापानी भाषामा 'नीजिमा' को अर्थ "नयाँ टापु" हो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



