६ घण्टा विस्फोट हुँदा ज्वालामुखीबाट निस्कियो १ करोड क्यूबिक मिटर लाभा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
६ घण्टा विस्फोट हुँदा ज्वालामुखीबाट निस्कियो १ करोड क्यूबिक मिटर लाभा

संयुक्त राज्य अमेरिकाको हवाई द्वीपस्थित किलवेआ ज्वालामुखी मङ्गलवार २३ डिसेम्बर राति विस्फोट भएपछि लाभाका फोहराहरू निस्किए।

उक्त ज्वालामुखीको दक्षिणी मुखबाट निस्किएको लाभाको रातो मुस्लो आकाशमा ४२० मिटर माथिसम्म र उत्तरी मुखबाट निस्किएको मुस्लो २८० मिटरसम्म पुगेको अमेरिकी भौगोलिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ।

छ घण्टापछि बुधवार २४ डिसेम्बरमा ज्वालामुखी शान्त भयो। तर त्यो अवधिमा झन्डै एक करोड क्यूबिक मिटर लाभा बाहिर निस्किएको वैज्ञानिकहरूले बताएका छन्।

किलवेआ अतिसक्रिय ज्वालामुखीमध्ये पर्छ। यो ज्वालामुखी अहिलेको चरणमा विगत एक वर्षदेखि विस्फोट हुँदै आएको छ। एक पटक विस्फोट भएपछि फेरि विस्फोट हुन केही दिन लाग्ने गरेको देखिन्छ।

वैज्ञानिकहरूका अनुसार अहिलेको घटना यो चरणको ३९औँ शृङ्खला हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।