एट्ना ज्वालामुखी पर्वत चार वर्षपछि फेरि सक्रिय

भिडिओ क्याप्शन सुरु हुँदैछ,
एट्ना ज्वालामुखी पर्वत चार वर्षपछि फेरि सक्रिय

युरोपको सबैभन्दा अग्लो ज्वालामुखी पर्वत एट्नामा फेरि विस्फोटन हुन थालेको छ। उक्त पर्वत भूमध्यसागरमा रहेको सिसिली टापुमा अवस्थित छ।

एट्ना पर्वत चार वर्ष शान्त देखिएको थियो। तर केही सातादेखि त्यहाँ ज्वालामुखी सक्रिय हुन थालेको छ।

उक्त पर्वतमाथि धुवाँ र खरानीको ठूलो मुस्लो उठेपछि नजिकै रहेको काटान्या अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानहरू प्रभावित भएका छन्। ज्वालामुखीका कारण आकाशमा तुँवालो लागेपछि उक्त विमानस्थलतिर उडेका कैयौँ विमानहरू अन्यत्र मोडिएका छन्।

निकै सक्रिय भए पनि उक्त ज्वालामुखी विस्फोटन हुँदा ठूलो क्षति भने हुने गरेको छैन।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।