युरोपको अग्लो ज्वालामुखीबाट लाभा निस्किँदा सिसिलीको आकाश राति पनि उज्यालो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
युरोपको अग्लो ज्वालामुखीबाट लाभा निस्किँदा सिसिलीको आकाश राति पनि उज्यालो

युरोपको अग्लो सक्रिय ज्वालामुखीबाट लाभा निस्किएर बग्न थालेको छ। एट्ना पर्वतको सबैभन्दा ठूलो मुखबाट लाभा निस्किन थालेपछि इटलीको सिसिलीको आकाश उज्यालो देखिएको छ।

यो घटनासँगै उक्त पर्वतमा ज्वालामुखीसम्बन्धी गतिविधि बढ्न थालेको छ। यो संसारका अतिसक्रिय ज्वालामुखीमध्ये एक हो।

गत एप्रिल महिनामा उक्त ज्वालामुखीमा बनेको नयाँ खाडलबाट निस्किएको धुवाँ ससाना चक्रजस्तो आकृति बनाउँदै आकाशमा उडेको देखिएको थियो।

डिसेम्बर महिनामा पनि एट्ना पर्वतबाट लाभा निस्किँदा रात्रिकालीन आकाश उज्यालो देखिएको थियो।

निकै सक्रिय भए पनि उक्त ज्वालामुखी विस्फोटन हुँदा ठूलो क्षति भने हुने गरेको छैन।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।