आइसल्यान्डमा शक्तिशाली ज्वालामुखी विस्फोट हुँदाको दृश्य
दक्षिणपश्चिम आइसल्यान्डको रेक्यानेस प्रायःद्वीपमा सोमवार राति ज्वालामुखी विस्फोट भएको छ।
उक्त क्षेत्रमा विगत केही वर्षमा भएका ज्वालामुखी विस्फोटभन्दा यो निकै शक्तिशाली भएको अधिकारीहरूले बताएका छन्।
आकाशबाट खिचिएको भिडिओमा भूकम्पीय गतिविधि पत्ता लागेको एक घण्टापछि ज्वालामुखीबाट लाभा निस्किएको देखिएको थियो।
ज्वालामुखीमा उत्पन्न दरारको लम्बाइ झन्डै ३.५ किलोमिटर भएको र लाभाको बहाव १०० देखि २०० घनमिटर प्रतिसेकेन्ड रहेको स्थानीय मौसम कार्यालले जनाएको छ।
विस्फोटअघि नै ग्रिन्दाभिक नगरका झन्डै ४,००० मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको थियो। यस क्षेत्रमा गत अक्टोबरको उत्तरार्धदेखि भूकम्पीय गतिविधिहरू बढेका थिए।
ग्रिन्दाभिकबाट झन्डै ४२ किमि टाढा रहेको राजधानी रेक्याभिकबाट समेत लाभा देखिएको थियो।
आइसल्यान्डका विदेशमन्त्रीले यो ज्वालामुखीका कारण आइसल्यान्डबाट अन्यत्र जाने र अन्यत्रबाट आइसल्यान्ड आउने विमानमा प्रभाव नपरेको जनाएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



