उत्तर कोरियाली के-पप गायक जो कुनै बेला भीख माग्थे

उत्तर कोरियाली के-पप गायक जो कुनै बेला भीख माग्थे

यु ह्युक सानै उमेरमा उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका हुन्। अहिले उनी २४ वर्षका भए।

उनी यो वर्ष कोरियाली पप सङ्गीत 'के-पप'मा देखा पर्न लागेका छन्।

उत्तर कोरियामा हातमुख जोड्न पनि नसक्ने अवस्थामा हुँदा उनी आफू कहिले सडकमा बसेर भीख माग्न र कहिले चोरी गर्न बाध्य भएको बताउँछन्।

उत्तर कोरियामा के-पप के हो भन्ने थाहा नपाएका यी युवकको अकल्पनीय जीवन र साङ्गीतिक यात्राबारे हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।