तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'एलिअन' फेरि चर्चामा, अमेरिकासँग भएको गोप्य जानकारी ट्रम्पले सार्वजनिक गराउने
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बाह्यलोकीय जीव 'एलिअन'बारे सरकारसँग भएका फाइलहरू पहिचान गर्ने र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका सरकारी निकायलाई निर्देशन दिएका छन्।
पूर्वराष्ट्रपति बराक ओबामाले एउटा अन्तर्वार्तामा "एलिअनहरू वास्तविक हुन्" भनेपछि ट्रम्पले उनीमाथि "गोप्य सूचना" चुहाएको आरोप लगाएका थिए।
त्यसपछि सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा लेख्दै ट्रम्पले एलिअन र बाह्यलोकीय जीवन, अन्आइडेन्टिफाइड एरिअल फिनोमिना (यूएपी) र अन्आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ) तथा ती जटिल तर अतिरोचक र महत्त्वपूर्ण विषयवस्तुबारे अरू सबै सूचना सार्वजनिक गराउने घोषणा गरे।
केही वर्षयता अमेरिकामा एलिअन तथा यूएफओबारे चासो सार्वजनिक चासो बढेको देखिन्छ। आकाशमा अनौठा वस्तुहरू देखिएको विमानचालकहरू र अमेरिकी सैन्य अधिकारीहरूले बताएपछि सन् २०१७ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले त्यसबारे छानबिन गर्न एउटा गोप्य कार्यक्रम सञ्चालन गरेको विवरण आएको थियो।
सन् २०२२ मा अमेरिकी कङ्ग्रेसमा ५० वर्षपछि यूएफओबारे पहिलो पटक संसदीय सुनुवाइ हुँदा पेन्टागनले त्यसबारे पारदर्शिता कायम गर्ने वाचा गरेको थियो।
त्यसको एक वर्षपछि तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्स (एचओआर)को एउटा समितिले आफ्नो प्रतिवेदनमा यूएफओहरू वास्तवमै छन् कि छैनन् भनेर किटान गरेन।
सन् २०२४ मा पेन्टागनले एउटा प्रतिवेदनमा एलिअनसँग भेट भएको कुनै प्रमाण अमेरिका सरकारसँग नभएको र यूएफओ भनिएका अधिकांश घटनामा सामान्य वस्तुहरू नै देखिएको उल्लेख गरेको थियो
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।