प्राचीन फुटबल प्रतियोगिता जसमा दुई टोलीबाट सयौँ खेलाडी सडकमा भिड्छन्

प्राचीन फुटबल प्रतियोगिता जसमा दुई टोलीबाट सयौँ खेलाडी सडकमा भिड्छन्

यूकेको एश्बर्न, डार्बीशरमा बाह्रौँ शताब्दीदेखि आयोजना हुँदै आएको 'रोयल श्रोभ्टाइड फुटबल' निकै रोचक र अरूभन्दा भिन्न छ।

यसमा दुइटा टोलीबाट सयौँ मानिसहरू बललाई सहरका दुई विपरीत भागमा राखिएका गोलपोस्टतिर पुर्‍याउन दुई दिन प्रतिस्पर्धा गर्छन्।

खेलाडीहरू आफ्नो जन्म कुन भेगमा भएको हो त्यसका आधारमा टोलीमा पर्छन्।

सडकमा खेलाडीहरूको ठूलो घुइँचो हुने भएकाले पसल र पबहरूले त्यसबाट क्षति नपुगोस् भनेर छेकबार लगाउँछन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।