तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'पहिलो पटक मोटरगाडी चलाउँदा फेरि जन्म भए जस्तै लाग्यो'
भारतको गुजरात राज्यका सुरेश गढवी जन्मजात होचोपुड्का हुन्। घरबाहिर हिँडडुल गर्न जाँदा पनि अरूको सहयोग चाहिने भएकाले उनलाई आफैँ मोटरगाडी चलाएर बाहिर एक्लै कतै जान पाइयोस् जस्तो लाग्थ्यो।
त्यसैले उनले आफूलाई चाहिने सुविधा भएका गाडीको प्रारूप तयार पारे। त्यसलाई बनाइदिने 'वर्कशप' खोज्न भने निकै धौधौ भयो। तर उनी सफल भइछाडे।
अहिले ४९ वर्षको उमेरमा उनले आफूले खोजे जस्तो स्वतन्त्रता पाएका छन्।
उनी मोटरगाडी चलाएर आफ्नो पसल खोल्न जान्छन् र कहिलेकाहीँ गाउँका बालबालिकालाई आफ्नो मोटरमा चढाएर घुमाउन लैजान्छन्।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।