भाइरसबाट फैलिन सक्ने महामारी रोक्न चमेरामा अध्ययन

भाइरसबाट फैलिन सक्ने महामारी रोक्न चमेरामा अध्ययन
Published

चमेरालाई इबोला, नीपा र मार्बर्गलगायत हजारौँ भाइरसको विकासका लागि अत्यन्तै सहयोगी जीव मानिएको छ।

उड्न सक्ने क्षमता भएका यी स्तनधारी जीवहरूमा कोभिड महामारीपछि मानिसको अभिरुचि अझै बढेको छ। साथै जनावरबाट मान्छेमा कुनै रोग फैलिन सक्ने सम्भावित अवस्थामा तिनको भूमिकाबारे पनि मानिसहरूले चासो राखेका छन्।

यसै सन्दर्भमा घानामा एउटा अनुसन्धान सुरु भएको छ। त्यो अनुसन्धानले चमेरा र मानिसहरूमा भाइरसजनित रोग फैलाउन तिनको भूमिकाबारे मानिसमा रहेका विविध जिज्ञासाको उत्तर पत्ता लगाउने र भोलि सम्भावित महामारी रोक्न सहयोग गर्ने आशा गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

चमेरो

तस्बिर स्रोत, Reuters