सांसारिक मोहमा फस्न नचाहने यी थाई भिक्षु किन कुकुर र बिराला पाल्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सांसारिक मोहमा फस्न नचाहने यी थाई भिक्षु किन कुकुर र बिराला पाल्छन्

थाईल्यान्डका एक भिक्षु कोभिड महामारीको बेलादेखि मानिसले परित्याग गरेका कुकुर र बिरालाको लालनपालनमा लागेका छन्।

भिक्षु "कुनै मोह र बन्धनमा फस्नु हुँदैन" भन्ने धार्मिक मान्यता भए पनि ती पशु निराश्रय भएकाले आफूले तिनलाई मन्दिरमा पालेको उनी बताउँछन्।

कोभिडकालमा पशु प्रजनन व्यवसायहरू बन्द हुन थालेपछि थाईल्यान्डमा धेरै कुकुर र बिराला अलपत्र परेका थिए। साथै खर्च धान्न नसकेर त्यागिएका कतिपय जनावरहरू पनि उनीसँग छन्।

कुनैबेला आफूले ११ वटा कुकुर र २१ वटा बिराला पालेको उनी सम्झन्छन्।

सन् २०२७ सम्ममा त्यागिएका यस्ता पशुको सङ्ख्या १९ लाख पुग्न सक्ने थाई अधिकारीहरूको अनुमान छ।

यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

विद्रोह गरेर भिक्षुणी