थोडुङ: हजारौँ किलोमिटर हिँडेर थाईल्यान्डबाट इन्डोनेसियाको बोरोबुडुर मन्दिरमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, थोडुङ: हजारौँ किलोमिटर हिँडेर थाईल्यान्डबाट इन्डोनेसियाको बोरोबुडुर मन्दिरमा
थोडुङ: हजारौँ किलोमिटर हिँडेर थाईल्यान्डबाट इन्डोनेसियाको बोरोबुडुर मन्दिरमा

वेसाक दिवसका लागि थाईल्यान्ड, सिङ्गापुर, मलेसिया र इन्डोनेसियाका भिक्षुहरूको समूहले थाईल्याण्डबाट इन्डोनेसियासम्म हजारौँ किलोमिटर पैदलै यात्रा गरेका छन्।

उनीहरूको गन्तव्य इन्डोनेसियाको मध्य जाभामा रहेको बोरोबुडुर मन्दिर हो।

मुस्लिम समुदायको बाहुल्य रहेको इन्डोनेसियामा यो अवसर विविधतामा एकता कायम रहेको उदाहरण देखाउने मौका हो।

त्यहाँ हिँडेर गएका भिक्षुहरूले विशेष स्वागत पाएको अनुभव गरेको बताएका छन्। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Indonesia religious harmony