गहिरो इनारमा खसेको सिंहको नाटकीय उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गहिरो इनारमा खसेको सिंहको नाटकीय उद्धार

भारतको गुजरात राज्यमा नौ मिटर गहिरो इनारमा खसेको एउटा सिंहको नाटकीय उद्धार भएको छ।

सोमनाथ जिल्लाको एउटा गाउँमा मानिसहरूले सिंह राति इनारमा खसेको सूचना दिएपछि त्यहाँको वन विभागले एउटा उद्धार टोली खटायो।

उक्त टोलीले डोरी प्रयोग गरेर सिंहलाई जीवितै बाहिर निकाल्यो। त्यहाँबाट वन्यजन्तु स्याहार केन्द्र लगिएको उक्त सिंहलाई पछि जङ्गलमा लगेर छोडियो।

गिर राष्ट्रिय निकुञ्जबाट नजिकै पर्ने उक्त स्थानमा सिंहहरू प्रायः देखा परिरहन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।