सुनको मसीले ‘जीर्णोद्धार’ गरिँदै ८०० वर्ष पुरानो बौद्ध ग्रन्थ
सुनको मसीले ‘जीर्णोद्धार’ गरिँदै ८०० वर्ष पुरानो बौद्ध ग्रन्थ
ललितपुरस्थित 'गोल्डेन टेम्पल'अर्थात् हिरण्य वर्ण महाविहारमा राखिएको स्वर्ण लिखित बौद्ध ग्रन्थ प्रज्ञापारमिताको जीर्णोद्धार भइरहेको छ।
झन्डै ८ सय वर्ष पुरानो तथा सुनको अक्षरले लेखिएको उक्त ग्रन्थ रञ्जना लिपी र संस्कृत भाषामा रहेको छ।
वर्षभरि नै दैनिक पाठ गरिने कुल ३०० पानाको उक्त ग्रन्थका अक्षर मेटिने वा च्यातिने भएकोले मलमासको समयमा जीर्णोद्धार गर्ने गरिएको गुठियारहरू बताउँछन्।।
आठ हजार श्लोकमा रहेको प्रज्ञापारमितालाई दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रूपमा लिइएको जानकार बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।







