हात्तीको वनभोजमा ड्रागन फ्रुट, भेलीको खिर र धानको कुचीको परिकार
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका निजी होटेलहरूले पालेका हात्तीहरूलाई कम्तीमा पन्ध्र प्रकारका झन्डै २,००० केजी खाना खुवाएर वनभोज गराइएको छ।
पाँच दर्जनको सङ्ख्यामा हात्तीहरू सहभागी रहेको उक्त वनभोजमा उनीहरूलाई मन पर्ने विभिन्न फलफूल घाँसपात र अन्न खुवाइएको छ।
उखु, ड्रागन फ्रुट, स्याउ, केरा, खरबुजा, धान, भेली, नुन, चनालाई हरियो घाँसमा बेरेर बनाइने कुची खुवाएर वनभोज गरिएको आयोजकले बताए।
हात्तीलाई वर्षभरि काम गराएर एक दिन मात्र मिठो खुवाउने नभई हरेक दिन पोषणयुक्त खाना खुवाइनु पर्ने आगन्तुकको भनाइ छ।
कमल परियार र ईश्वर जोशीले बनाएको भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






