सगरमाथामा किन बढे चिनियाँ आरोही?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सगरमाथामा किन बढे चिनियाँ आरोही?

यो वर्षको वसन्त याममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएका आरोहीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक भएको पर्यटन विभागले जनाएको छ। यसपालि सगरमाथा आरोहणका लागि अनुमति लिने ४९२ जनामध्ये चीनका मात्र १०९ जना छन्।

विगतमा विशेष गरी भारत, ब्रिटेन, अमेरिका तथा युरोपेली मुलुकका आरोहीहरूको बाहुल्य देखिने गरेको थियो। तर यसपाली चिनियाँ आरोहीको सङ्ख्या वृद्धि किन बढ्यो?

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।