चिडियाखानाका बाघ मोटाएपछि…

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिडियाखानाका बाघ शनिवार उपवास बस्छन्
चिडियाखानाका बाघ मोटाएपछि…
Published

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएका छ वटा बाघहरूलाई प्रत्येक शनिवार ‘फास्टिङ्ग’ अर्थात् उपवासमा राख्ने गरिएको अधिकारीहरूले बताएका छन्।

प्राकृतिक वासस्थानमा जस्तो चिडियाखानामा उनीहरूले आहार तथा वासस्थानका लागि सङ्घर्ष गर्नु नपर्ने र त्यसका कारण मोटाएर अस्वस्थ हुनसक्ने भएकोले बाघहरूलाई उपवासमा राखिएको उनीहरूको भनाइ छ।

महाराज, प्रताप, बगौरा र बाङ्गे नामका चार वटा भाले तथा महारानी र जगती नामका दुई पोथी बाघ चिडियाखानामा राखिएका छन्।

शनिवारबाहेक अन्य दिन भाले बाघलाई छ देखि सात केजीका दरले राँगाको मासु खुवाउने गरिएकोमा हाल पाँच केजीका दरले खुवाउने गरिएको सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए।

अन्य देशहरूमा पनि मांसाहारी जनावरहरूलाई सातामा एक वा दुई दिनसम्म उपवासमा राख्ने गरिएको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

चिडियाखानामा राखिएको बाघ।

तस्बिर स्रोत, Central Zoo