'तपाईँ मेरो राजा हैन': अस्ट्रेलियाको संसद्मा राजा चार्ल्सको विरोध
अस्ट्रेलियाको संसद्मा सम्बोधन गरेपछि राजा चार्ल्सले त्यहाँकी एक सांसदबाट विरोध खेप्नुपर्यो।
स्वतन्त्र सिनेटर लिडिया थोर्पले इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई उपनिवेश बनाएको र त्यहाँ नरसंहार गरेको आरोप लगाउँदै राजा चार्ल्सको चर्को विरोध गरिन्। "यो तपाईँको भूमि हैन, तपाईँ मेरो राजा हैन," उनले भनिन्।
थोर्प आदिवासी समुदायकी हुन्। उनले सरकार र त्यहाँका आदिवासी 'फर्स्ट पीपल'सँग सन्धि हुनुपर्ने माग गरेकी छन्।
राजा चार्ल्स र रानी कमिला अस्ट्रेलियाको दोस्रो भ्रमणमा गएका छन्।
संसद्मा राजा चार्ल्सको विरोध गरेपछि उनले बीबीसी कुरा गरेकी छन्। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



