तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मिलेर सरकार बनाउन इमरान खानविरुद्ध उभिएका दुई दल सहमत
- Author, क्यारोलिन डेभिस
- Role, पाकिस्तान संवाददाता
पाकिस्तानमा नवाज शरिफ र बिलावल भुट्टोका दलले नयाँ सरकार बनाउने विषयमा सहमति गरेका छन्।
गत साता सम्पन्न निर्वाचनपछि भुट्टोको दल पीपीपीले शरिफको दल पीएमएल-एनलाई सरकार निर्माण गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सन् २०२२ मा इमरान खानलाई सत्ताबाट हटाउन यी दुई दलले गठबन्धन गरेका थिए।
यस पटक खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) दलसँग आबद्ध स्वतन्त्र उम्मेदवारहरूले अनपेक्षित रूपमा अधिकांश सीट जितेका थिए।
एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा पीपीपीका नेता असिफ अली जर्दारीले आफ्नो दलले पीएमएल-एनसँग प्रतिस्पर्धा गरेको भए पनि दुवै दल राष्ट्रिय हितका लागि एकैठाउँ आइपुगेको बताए।
"हामीले सधैँ त्यसै [लड्ने काम] गरिरहन आवश्यक छैन," जर्दारीले भने।
मतपरिणाम कस्तो
पीएमएल-एनले एक विज्ञप्तिमार्फत् दुई दल राजनीतिक स्थिरताको लागि सहकार्य गर्न सहमत भएको बताए।
प्रत्यक्ष निर्वाचन भएका २६६ क्षेत्रमध्ये ९३ वटामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू विजयी भएका थिए। शरिफको पीएमएल-एनले ७५ सीट जितेको छ भने भुट्टको पीपीपीले तेस्रो हुँदै ५४ सीट जितेको छ।
निर्वाचनको परिणामका कारण कुन दलले नयाँ सरकार बनाउला भन्नेमा केही अनिश्चितता देखिएको थियो।
त्यसबाहेक दलहरूलाई महिला र गैरमुस्लिमका लागि ७० सीट छुट्याइएको छ।
तर थप सीट स्वतन्त्र उम्मेदवारहरूलाई उपलब्ध हुने छैन।
शहवाज शरिफलाई प्रधानमन्त्री बनाउने योजना
पीएमएल-एनकी एक अधिकारी मरियम औरङ्गजेबका अनुसार पार्टी नेता शरिफले आफ्ना भाइ शहबाजलाई प्रधानमन्त्री मनोनयन गर्ने योजना बनाइरहेका छन्।
दुवै दाजुभाइ यसअघि प्रधानमन्त्री बनिसकेका छन्।
भुट्टोले आफ्नो दलले पीएमएल-एनका नेतालाई प्रधानमन्त्री बन्न सघाउने भनेका छन्।
यसअघि उनले आफ्नो दल सररकारमा सहभागी नहुने बताएका थिए।
इमरान खानको असन्तुष्टि
इमरान खान र उनको दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन्।
उनीहरूले निर्वाचनको नतिजालाई चुनौती दिने योजना बनाइरहेको समेत बताए।
"फर्जी मतका भरमा सरकार बनाउने दुराशय नराख्न मत चेतावनी दिन्छु," खानले भने।
"दिउँसै डकैती गर्ने त्यस्तो कुराले जनताको अवमूल्यन मात्र गर्दैन, त्यसले देशको अर्थतन्त्रलाई धराशायी पनि बनाउँछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।