नदी तर्न नसकेर टापुमा फसे बस्तुभाउ, कठ्याङ्ग्रिने जाडोमा कसरी होला उद्धार
सर्बियामा ड्यान्यूब नदीको एउटा टापुमा २०० बस्तुभाउ फसेपछि तिनको उद्धार गर्न थालिएको छ।
बेल्ग्रेडबाट पश्चिमोत्तर भागमा अवस्थित क्रिसेजिन टापुमा चर्न गएका गाईबस्तु, बाछा र घोडाहरू गत साता नदीमा पानीको तह बढेपछि त्यहाँ अलपत्र परेका हुन्।
ती बस्तुभाउलाई उद्धार गर्ने प्रयास यो साता मङ्गलवार सुरु भएको हो। अहिलेसम्म केही दर्जन घोडा र बस्तुभाउलाई बाहिर निकालिएको छ।
त्यहाँ कठ्याङ्ग्रिने जाडो बढ्न थालेकाले बाँकी बस्तुभाउलाई चाँडै जीवितै उद्धार गर्नुपर्ने चुनौती छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



