टाइटनको सञ्चार सम्पर्क विच्छेद हुँदा के भयो? एक पूर्वयात्रुको अनुभव

भिडिओ क्याप्शन सुरु हुँदैछ, टाइटन पनडुब्बी: सञ्चार सम्पर्क विच्छेद हुँदा एक पूर्वयात्रुको अनुभव
टाइटनको सञ्चार सम्पर्क विच्छेद हुँदा के भयो? एक पूर्वयात्रुको अनुभव

मेक्सिकन अभिनेता तथा यूट्यूबर एलान इस्ट्राडाले गत वर्ष टाइटन सब्मर्सबलमा यात्रा गर्दा गहिरो समुद्रभित्र उक्त पनडुब्बीको बाहिर विश्वसँग सम्पर्क विच्छेद भयो।

गत आइतवार दुर्घटनामा परेको यस पनडुब्बी त्यस बेला पनि टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाने क्रममा थियो।

पनडुब्बी झन्डै १,००० मिटरको गहिराइमा रहेका बेला सम्पर्क विच्छेद भएपछि सञ्चालकहरूले यात्रा रोक्न लागेका थिए। आफूहरू सतहमै फर्किन लागेका बेला सम्पर्क पुनर्स्थापित भयो र पनडुब्बीले आफ्नो गन्तव्यमा सुरक्षित रूपमा पुगेको इस्ट्राडा बताउँछन्।

इस्ट्राडाले यस यात्राको भिडिओ खिची यसबारे रोएटर्स समाचारसंस्थालाई बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

मेक्सिकन अभिनेता तथा यूट्यूबर एलान इस्ट्राडा
तस्बिरको क्याप्शन, मेक्सिकन अभिनेता तथा यूट्यूबर एलान इस्ट्राडा