टाइटानिकः दुर्घटनाको ‘त्रासदी’ सम्झाउने जहाजको भग्नावशेषको भिडिओ
सन् १९१२ मा टाइटानिक डुब्दा १,५०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।
त्यो जहाज पहिलो पटक यात्रामा निस्केको थियो। पछि यसबारे बनेको टाइटानिक नामक चलचित्र बनाइयो।
उक्त चलचित्र बनेको २५औँ वर्ष मनाउन एउटा नयाँ भिडिओ सार्वजनिक गरिएको हो।
पहिलो पटक सार्वजनिक गरिएको यो भिडिओमा टाइटानिक जहाजको अवशेष देखिन्छ।
गोताखोरले एल्भिन नामक 'सबमर्सबल' (पनडुब्बी) मा बसेर सन् १९८६ मा उक्त भिडिओ खिचेका थिए।
अनि यो पनि
- टाइटन पनडुब्बी सुरक्षित नभएको भन्दै पहिल्यै उठेको थियो प्रश्न
- हराइरहेको टाइटन पनडुब्बीको खोजीमा के भयो र के बाँकी छ
- 'जोइस्टिक' ले नियन्त्रण गर्न मिल्थ्यो हराइरहेको पनडुब्बी
- १०५ वर्ष पुरानो टाइटानिक पत्र लिलाम
- पन्ध्र वर्षयताको टाइटानिकको पहिलो दृश्य
- के टाइटानिकको 'मानव चिहान' मा रहेको रेडियो टेलिग्राफ निकाल्नु ठीक हुन्छ?
- नाजी शासनको पक्षमा प्रचार गर्न ८० वर्षअघि पनि बनेको थियो 'टाइटानिक'