तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुख्यात लागुपदार्थ तस्कर मारिएपछि मेक्सिको अशान्त, विश्वकप प्रभावित हुने डर
मेक्सिकोमा लागुपदार्थ तस्करी गर्ने एउटा गिरोहका नाइके सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा मारिएपछि त्यहाँ हिंसा भड्किएको छ।
सैनिकहरूले आइतवार फेब्रुअरी २२ मा एल मेन्चो उपनामले चिनिने नेमस्यो ओसेग्वेरा सेर्भान्टेसलाई हालिस्को प्रान्तस्थित उनको गृहनगर टपाल्पाबाट पक्राउ गरेर मेक्सिको सिटीतिर लैजान खोजेका थिए।
एल मेन्चोले कोकेन, मेथ्याम्फेटमीन र फेन्टनिलजस्ता लागुपदार्थहरू अमेरिकातिर तस्करी गर्ने ठूलो सञ्जाल चलाउने गरेको बताइन्छ।
उनको मृत्यु भएको समाचार फैलिएपछि उनको गिरोहका सदस्यहरूले कैयौँ सहरमा उत्पात मच्चाउन थाले। उनीहरूका कारण अहिले कम्तीमा २० वटा प्रान्तमा हिंसा फैलिएको अधिकारीहरूले बताएका छन्।
सीजेएनजी नामक उक्त गिरोहका सदस्यहरू र सुरक्षाकर्मीहरूबीच गोली हानाहान भइरहेको छ भने सो गिरोहले विभिन्न स्थानमा सडक अवरुद्ध गर्दै र सवारीसाधनमा आगजानी गर्दै आएका छन्।
मेक्सिको आसन्न विश्वकप फुटबलको सहआयोजक हो। अहिलेको हिंसाले केही महिनामा हुन लागेको उक्त प्रतियोगिता प्रभावित हुन सक्ने आशङ्का व्यक्त हुन थालेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।