'स्कूल जान पनि नाउ': समुद्रले निल्न थालेको एउटा गाउँको कथा

'स्कूल जान पनि नाउ': समुद्रले निल्न थालेको एउटा गाउँको कथा

इन्डोनेशियाको जाभा द्वीपको उत्तरी तटीय क्षेत्रमा बस्ने मानिसहरू समुद्रको पानीबाट हुने डुबानका कारण निकै अप्ठ्यारोमा परेका छन्।

उक्त ठाउँ तीव्र गतिमा समुद्रले निल्दै गरेका तटीय क्षेत्रहरूमध्ये पर्छ। जलवायु परिवर्तनका कारण समुद्रको सतह बढेकाले र कैयौँ दशकदेखि जमिनमुनिबाट पानी निकालिएकाले त्यहाँ सङ्कट निम्तिएको छ। अहिले औद्योगिकीकरणका कारण पनि समस्या थपिएको छ।

त्यहाँको दैनिक जीवन कसरी चलिरहेको छ त? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।