युक्रेन-रुस युद्ध: रुसको राज्य सञ्चालित टीभीको समाचारमा युद्धविरोधी प्रदर्शन

यो राज्य नियन्त्रित्र रुसी टेलिभिजन 'च्यानल वान'मा सोमवार साँझको समाचार प्रसारण भइरहेका बेला एक महिलाले युद्धविरोधी प्लेकार्ड बोकेर समाचार कक्षमा छिरेको क्षण हो।

सम्पादक पदमा रहेकी प्रदर्शनकारी महिलाको नाम मरिना ओभसीआनीकोभा बताइएको छ।

समाचार प्रसारण भइरहेका बेला उनको पनि "युद्ध गर्न हुँदैन, युद्ध रोक" भनेको आवाज पनि सुनिन्छ।

कार्यक्रम निर्देशकले तत्काल उक्त समाचार प्रसारण रोकेर पहिले नै रेकर्ड गरिएको अन्य समाचार सामग्री बजाएका थिए।

एक भिडिओ।

अनि यो पनि: