गाई 'संरक्षक'माथि अनुसन्धान गर्न मोदीको आग्रह

भारतका कैयौं राज्यमा गाई काट्न प्रतिबन्ध छ

तस्बिर स्रोत, AP

तस्बिरको क्याप्शन, भारतका कैयौं राज्यमा गाई काट्न प्रतिबन्ध छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुहरुले पवित्र मान्ने जनावर गाईको संरक्षक हु भन्ने देखाउने भिजिलान्तेहरुको आलोचना गरेका छन्।

हिन्दु राष्ट्रवादी मोदीले त्यस्ता मानिसहरुले उनलाई 'क्रुद्ध' बनाएको र त्यस्ता कुनै पनि आक्रमणको अनुसन्धान हुनुपर्ने बताए।

भिजिलान्तेहरुले तल्लो जातिका मानिसहरुलाई चुटपिट गरेको बारे केही नबोलेको भनेर प्रधानमन्त्री मोदीको आलोचना हुँदै आएको थियो।

गाईको बचाउ गर्ने स्व-घोषितहरुले कुटेका दलित जातीका ती चारजनालाई पशुमाथि हानी पुर्याएको आरोप लगाएका थिए।

भारतभर 'अनुसन्धान'

पीडितहरुले गाईको सीनो छाला निकाल्नका लागि लगेको र त्यो उनीहरुको परम्परागत काम रहेको बताउँदै आएका छ्न।

त्यसैगरी जुलाई महिनामा दुइजना मुश्लिम महिलाहरुलाई भिजिलान्तेहरुले गाईको मासु बोकेको आरोपमा चुटपिट गरेका थिए।

शनिबार राजधानी दिल्लीमा बोल्दै मोदीले भारतभरका प्रान्तीय सरकारलाई त्यस्ता भिजिलान्ते आक्रमणको अनुसन्धान गर्न अह्राउने बताए।

उनले भने, "७०/८० प्रतिशत त्यस्ता मानिसहरु असामाजिक गतिविधिमा संलग्न पाइएको छ र तिनले आफुलाई बचाउन गाई संरक्षकको खोल ओढ्ने गरेका छन्।"

आलोचना

बीबीसीका चार्ल्स ह्याभील्याण्ड भन्छन्, केही टिप्पणीकारहरुको विश्वास छ- भिजिलान्तेबारे अहिलेसम्म मोदीले नबोल्नुको मुख्य कारण उनी हिन्दु राष्ट्रवादीको भोट नकाटियोस् भन्ने चाहन्छन्।

गत वर्ष पनि एकजना इश्लाम धर्मावलम्बीले गाईको मासु जम्मा पारेर राखेको र खाएको हल्लाका आधारमा ती व्यक्तिको हत्या गरिएको दुइ हप्तापछि मोदीले मुख खोल्दा उनको निकै आलोचना भएको थियो।

कैयौं भारतीय राज्यहरुमा गाई काट्न प्रतिबन्ध लगाइएको छ।

तर सत्तारुढ भारतीय जनता पार्टी सरकारलाई गाई संरक्षणमा थप काम गर्न हिन्दु कट्टरपन्थीहरुले दवाव बढाइरहेका छन्।

भारतका १.२ अर्ब जनसंख्याको बहुमत हिन्दु छ।

यद्यपी मुश्लिम र इशाइ र बुद्ध धर्माबलम्बीको संख्या पनि उत्तिकै छ।