आसाममा बोक्सीको आरोपमा महिलाको हत्या

तस्बिर स्रोत, No credit
आसाम प्रहरीका अनुसार राज्यको सोनितपुर जिल्लाको एक आदीबासी क्षेत्रमा बोक्सीको आरोपमा ६३ वर्षिय बृध्द महिलाको हातियारधारि गाउँलेको एक समुहले घाँटी रेटेर हत्या गरेको छ।
घटनामा संलग्न महिला सहित सात जनालाई पक्राउ गरिएको प्रहरी अधिकृत समद हुसैनले बीबीसी हिन्दी सेवालाई बताए।
“गाउँमा केहि मानिसहरु बिरामी भएपछि पीडित महिलालाई बोक्सी भएको आरोप लगाइ उनीमाथि आक्रमण गरिएको रहेछ।”
आसाममा मात्रै विगत ६ वर्षमा करिव ९० जना खासगरि महिलाहरुबिरुद्ध बोक्सी भएको आरोप लगाउँदै धारिलो हतियार प्रयोग गरि वा ज्युँदै जलाएर हत्या भइसकेको छ।
आक्रमणहरु
प्रहरीका अनुसार रोग फैलाइदिएको आरोपमा हतियारधारी समुहले ती महिलाको हत्या गरेपछि उनको खुट्टा पनि काटि दिएका थिए।
गत अक्कोबरमा आसाममै भारतकी प्रख्यात खेलाडी देबजानी बोरालाई पनि बोक्सीको आरोप लगाइ कुटपिट गरिएको थियो।
यस्तो घटना भारतमा नौलो होइन।
भारतीय समाजमा बोक्सीको आरोपमा विपन्न र तल्लो जातका भनिने महिलाहरुमाथि यस्ता आक्रमणहरु बेला बेलामा भइरहन्छन्।
प्रायजसो गरिव र एकल महिला यस्ता आरोपको शिकार हुने गर्दछन्।
आर्थिक विपन्नता र अन्धविश्वास ब्याप्त रहेन समाजमा यस्ता घटना बढिहुने गरेको पाइन्छ।
प्रहरीले घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ गरेपछि उनीहरु छुट्नु पर्ने माग गर्दै स्थानीयबासीहरुले पदर्शन गरेका छन्।
यस्तो कुप्रथा आसाममा मात्र होइन अन्य कयौं राज्यहरुमा पनि जिवितै छ।








