पोखरा विमान दुर्घटनाः 'सबै आफन्तले शव पाउन कम्तीमा एक हप्ता'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'सबै आफन्तले शव पाउन कम्तीमा एक हप्ता'

आइतवार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूमध्ये ४८ जनाको शव काठमाण्डू ल्याइएको छ।

मङ्गलवार साँझसम्म फेला परेका ७१ शवमध्ये बाँकी शव पोखरामै छन्। मृतकको पहिचान र सनाखत गरी पोस्टमोर्टमपछि ती शवहरू मृतकका आफन्तलाई बुझाइनेछ।

यती एअरलाइन्सले बुधवार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार भेटिएको थप एउटा शव पनि काठमाण्डू ल्याइएको जनाएको छ।

दुर्घटनामा अझै एकजना हराइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिएका छन्।

माघ १ गते आइतवार काठमाण्डूबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

के कारण दुर्घटना भयो भन्ने स्पष्ट भइसकेको छैन।

विमानमा चालकदलका चार सदस्य, ५३ नेपाली यात्रु र १५ विदेशी यात्रु थिए।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि