पोखरा विमान दुर्घटनाः यती एअरलाइन्सको विमान खसेको ठाउँमा जे देखियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, यति एअरलाइन्सको विमान खसेको ठाउँमा जे देखियो

काठमाण्डूबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज विमानस्थलनजिकै दुर्घटना परेको छ।

उक्त विमानमा ६८ यात्रु र चालक दलका चार सदस्य सवार रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन्।

दुर्घटनास्थलमा पुगेका पोखरास्थित पत्रकार कृष्णमणि बरालले खिचेको यो भिडिओमा धुँवाको मुस्लो देखिएको छ।

Nepal Aeroplane Accident

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सवार यात्रुमध्ये ५३ जना नेपाली र पाँच भारतीय थिए।

उनका अनुसार विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए।

घटनाबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' काठमाण्डू विमानस्थल पुगेको उनको आधिकारिक ट्वीटमा जनाइएको छ।

अनि यो पनि