पसलभित्र आएर कार जोतियो, ७७ वर्षे चालक डेढ घण्टा फसे
संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनियामा चालकले नियन्त्रण गुमाएपछि एउटा कार गाडी धुने पसलभित्र छिर्यो र पल्टियो।
सतहत्तर वर्षे वृद्धले झुक्किएर अक्सेलरेटरको पाउदान थिचेपछि उक्त दुर्घटना भएको थियो।
कार वाशका सञ्चालकका अनुसार ती वृद्ध कारभित्र डेढ घण्टा फसेका थिए। पछि उनलाई बाहिर निकालियो।
भाग्यवश उनलाई सामान्य चोटपटक मात्र लाग्यो। उनलाई अस्पताल लगियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- 'फटाहाहरू'को कारण मस्कोको सडकमा यातायात अस्तव्यस्त
- कारभित्र शारीरिक सम्पर्क गर्दा यौन रोग सरेकी महिलालाई 'लाखौँ डलर क्षतिपूर्ति'
- चारवर्षे बालकले आमाको कार सुटुक्क चलाएपछि...
- के मानिसहरू भविष्यमा काम गर्न जाँदा उड्ने कार चढ्लान्
- ट्र्यामको ट्र्याकमा कार आएपछि
- संसारको सबैभन्दा सानो कार चढेर १४ सय किलोमिटर यात्रा