राजकुमार ह्यारीः ब्रिटिश राजपरिवारका सदस्यको आत्मवृत्तान्त 'स्पेअर' विवादास्पद हुनुका ६ कारण

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमार ह्यारीको पुस्तक विवादास्पद हुनुका ६ कारण

राजकुमार ह्यारीले आत्मवृत्तान्त 'स्पेअर' मा आफ्नो निजी जीवनका बारे मात्र हैन, राजपरिवारका अन्य सदस्यसँग सम्बन्धित प्रसङ्गहरू पनि लेखेका छन्। तिनमा गुनासा र आरोपहरू पनि छन्।

उक्त पुस्तक ज्यानुअरी १० मा औपचारिक रूपमा बजारमा वितरण हुनुपर्ने थियो। तर गत साता पुस्तकको स्पेनी संस्करण पहिल्यै बिक्री भयो।

पुस्तकमा ह्यारीले अफगानिस्तानमा २५ तालिबान लडाकुलाई मारेको, आफ्ना दाजुले आफूमाथि हातपात गरेको, र किशोरावस्थामा लागुपदार्थ सेवन गरेको तथा १७ वर्ष हुँदा बढी उमेरकी महिलासँग खुल्ला ठाउँमा यौन सम्पर्क राखेको प्रसङ्ग पनि लेखेका छन्।

केन्सिङ्टन प्यालेस र बकिङ्गम प्यालेसले उक्त पुस्तकबारे टिप्पणी नगर्ने बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि