संरक्षणकर्ता भन्छन्, 'बन्ध्याकरण नगरी सामुदायिक कुकुरको व्यवस्थापन असम्भव'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार उक्त अस्पतालमा दैनिक कम्तीमा ६०० जना कुकुरको टोकाइबाट पीडितहरू रेबिजको सुई लगाउन आइपुग्छन्। 

काभ्रेका हरिप्रसाद तिमल्सिना यसै हप्ता मैतीदेवीमा कुकुरको टोकाइमा परेर अहिले अस्पताल धाइरहेका छन्।

सडकमा ससाना झुन्डमा देखिने यस्ता कुकुरले आफूमाथि कुनै चुनौती देखेपछि आक्रमण गर्ने काठमाण्डू महानगरपालिका पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले बताए। 

उनका अनुसार हाल काठमाण्डू उपत्यकामा मात्रै ४०,००० भन्दा बढी सामुदायिक कुकुर छन् र सयौँ त्यस्ता कुकुरहरू विभिन्न आश्रय केन्द्रमा पालिएका छन्।

सामुदायिक कुकुरलाई निश्चित ठाउँमा संरक्षण गरेर राख्नुपर्ने आवाज उठ्ने गरे पनि बन्ध्याकरण र रेबिजको खोप नै दीर्घकालीन समाधान रहेको विज्ञ तथा संरक्षणकर्ताको भनाइ छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि