तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथाः 'मनास्लु बेस क्याम्पमुनि चिया बेच्थेँ, यो पटक आफैँ सगरमाथा चढेँ'
गोरखा जिल्लाकी २३ वर्षीया डिकी ल्यामु लामाले थोरै पैसा कमाउन सन् २०१९ मा मनास्लु बेस क्याम्पभन्दा मुनि चिया पसल थापेकी थिइन्। आरोहीहरूलाई चिया र खाजा बेच्दै गर्दा उनलाई पनि हिमाल चढ्ने रहर जाग्यो। उनी सन् २०२१ मा मनास्लु चढिन् र यस पटक सर्वोच्च शिखर सगरमाथामै पुगिन्।
"मलाई पढ्न लेख्न आउँदैन...। एघार वर्षकी हुँदा मेरो बुबा बित्नुभयो," उनी भन्छिन्।
"म केही नबुझ्ने मान्छे तर मैले ठूलो सपना लिएकी थिएँ, आज सफल भएँ। सगरमाथाको चुचुरोमा पुग्दा एक छिन त म रोएँ पनि।"
दुईवटा हिमालको सफल आरोहण गरिसकेकी उनी अब ट्रेकिङ गाइड बन्ने विचारमा छिन्।
हेर्नुहोस सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि