युक्रेन युद्धः बम प्रहार गरिएका सहरमा गर्भावधि नपुगी जन्मिने शिशुको सङ्ख्या बढ्दो

भिडिओ क्याप्शन सुरु हुँदैछ, बम प्रहार गरिएका युक्रेनी सहरमा गर्भावधि नपुगी जन्मिन थाले शिशु

रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धको तनावका कारण युक्रेनका केही भागमा समय नपुगी जन्मिने बच्चाको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।

गर्भवती महिलाहरूको परीक्षण र उपचार गर्ने क्लिनिकहरूले विगत केही सातामा समय नपुगी बच्चा जन्माउने महिलाको सङ्ख्या दुईदेखि तीनगुनाले बढेको जानकारी बीबीसीलाई दिएका छन्।

युद्धसँग सम्बन्धित तनाव र स्वास्थ्यसम्बन्धी अन्य कुरालाई त्यसको कारक मानिएको छ।

किएभबाट भागेर लभिभ पुगेकी एक महिलाले गत महिना लभिभस्थित एउटा अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी छन्। ती शिशु पनि गर्भावधि पूरा नगरी जन्मिएका हुन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि