युक्रेन युद्ध: राष्ट्रपति भोलोदिमिर जेलेन्स्की घाइते सैनिकहरूलाई भेट्न अस्पतालमा
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा अस्पतालमा गएर त्यहाँ उपचार गराइरहेका घाइते सैनिकहरूलाई भेटेका छन्।
त्यहाँ उनले घाइते सैनिकहरूसँग कुराकानी गरे अनि उनीहरूसँग सेल्फी खिचाए।
राष्ट्रपति जेलेन्स्कीले रुससँग जारी युद्धमा घाइते भएका सैनिक र अस्पतालका कर्मचारीहरूलाई पदक पनि दिए।
केही दिनअघि जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका थिए।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको दाबी गरेका थिए। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका थिए।
"उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन... संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन," उनले भनेका थिए।
अनि यो पनि
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
- युद्ध अपराध के हो?
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छन्
- 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
- के युक्रेनमा पुटिनले चेचन्या र एलेप्पोमा जस्तै रणनीति अपनाउलान्?
- रुसले युक्रेनमाथि आक्रमण गरेपछि देश छोडेर हिँडेका रुसी
- युक्रेन युद्धको अग्रपङ्क्तिमा स्वयंसेवी महिला लडाकु
- रुसले कसरी भाडाका सैनिक भर्ती गरिरहेको छ
- के रुस इन्टरनेटबाट अलग्गिन लागेको हो


