युक्रेन-रुस युद्ध: 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, “छेउमा बमको आवाज सुनिरहेका थियौँ। तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो।”

युक्रेन पढ्न पुगेका सप्तरीका २१ वर्षीय राकेश चौरासिया त्यहाँको द्वन्द्व छलेर पोल्यान्ड पुग्न सफल भएका छन् र आफ्नो बाँकी अध्ययन युरोपमा नै गर्न चाहन्छन्।

उनी सन् २०२० मा युक्रेनको खार्किभ मेडिकल नेशनल युनिभर्सिटीमा एमबीबीएस पढ्न गएका थिए।

अहिले युक्रेन र रूसबीच जारी युद्धका कारण उनी जस्तै युक्रेनमा पढ्न गएका थुप्रै नेपाली विद्यार्थीहरू छिमेकी मुलुकमा पसेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका हरिप्रसाद निरौलाका अनुसार सन् २०२१ मा ६७८ नेपाली विद्यार्थीहरू युक्रेन पढ्न गएका थिए, तर यस वर्षको ज्यानुअरी २५ देखि युक्रेनको लागि पढ्न जाने अनुमति नेपालमा स्थगित गरिएको छ।

युक्रेन किन नेपाली विद्यार्थीको रोजाइमा परेको छ? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: