युक्रेन-रुस तनाव: किएभका सडकमा राष्ट्रपतिदेखि आधुनिक हतियार बोकेका स्वयंसेवकसम्म

तस्बिर स्रोत, Reuters
युक्रेनमा रुसी आक्रमणको तेस्रो दिन युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा सङ्घर्ष जारी रहेको बताएको छ।
रुसी सैनिकहरू किएभनजिकै आइपुग्दा बिहानबाटै किएभका विभिन्न ठाउँबाट विस्फोटनका विवरणहरू प्राप्त भएका छन्।
केही आवासीय क्षेत्रहरू पनि आक्रमणमा परेका छन्।
राजधानीतर्फ केन्द्रित हुँदै गरेका रुसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ।

तस्बिर स्रोत, Reuters
युक्रेनी राष्ट्रपतिले युक्रेन छोडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव अस्वीकार गरेको विवरण प्राप्त भएको छ।
उनी आफैँ किएभका सडकमा देखा परेका छन्। उनले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्याएका छन्।
युक्रेनले सम्भावित सबै उपाय अवलम्बन गरेर रुसी सैनिकहरूको प्रतिकार जसरी सकिन्छ त्यसरी गर्न किएभवासीलाई आग्रह गरेको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन्।
त्यस्तो अफवाहलाई निस्तेज पार्न उनी किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिएका हुन्।

तस्बिर स्रोत, nstagram/@zelenskiy_official/via REUTERS
"मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्," उनले भने।
"म यहीँ छु। हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ।"
उनको उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
"लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन," अमेरिकी समाचारसंस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।
द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ।
रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, SARAH RAINSFORD/BBC

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, Getty Images
रुसी सेनाले प्रहार गरेका क्षेप्यास्त्रहरूले आवासीय क्षेत्रमा पनि क्षति पुर्याएका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, SARAH RAINSFORD/BBC

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters








