तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्वस्थानी व्रतः कोभिड महामारीको प्रभाव धार्मिक कृत्यमा पनि, मेला छैन तर शालीनदीमा यसरी बसेका छन् केही व्रतालु
कोभिड महामारीका कारण धार्मिक गतिविधि पनि प्रभावित भएको छ।
यो वर्ष शालीनदीमा १२५ श्रद्धालु स्वस्थानीको व्रतमा बसेका छन्। कोभिड महामारी सुरुअघि ३०० भन्दा बढी व्रतालु एकमहिने अनुष्ठानमा सहभागी हुने गर्थे। यस वर्ष सहभागी व्रतालु र भक्तजनका लागि विभिन्न मापदण्ड राखिएको छ।
दुवै खोप लगाएका र निमोनिया नभएका ६० वर्षमुनिका श्रद्धालुलाई मात्र अनुष्ठानमा सहभागी हुन दिइएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समिति जनाएको छ।
“एक महिनासम्म चल्ने साँखुस्थित शालीनदी मेला यस वर्ष गरिएको छैन। माधवनारायण व्रत नित्य पूजा एवं धार्मिक विधि पुर्याएर मात्रै गरिने निर्णय गरिएको छ,” समितिका सदस्य विजयकुष्ण भास्करले भने।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि