तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कार्तिक नाच: दुई दशकदेखि नृसिंह अवतारको भेषमा नाच्दै आएका छन् प्रतापधर शर्मा
राजा सिद्धिनरसिंह मल्लले झन्डै ३८१ वर्षअघि सुरु गरेको मानिने कार्तिक नाचको अन्तिम दिन प्रसिद्ध नृसिंह अवतारको नृत्य देखाइन्छ।
देवता, ऋषिमुनि र दैत्यको पौराणिक कथामा नृसिंहको भेषधारण गरेर २०५८ सालदेखि नाच्दै आएका प्रतापधर शर्मा अनुभवी कलाकार हुन्।
ललितपुरस्थित पाटन दरबारअगाडि डबलीमा देखाइने कार्तिक नाच विगतमा २७ दिनसम्म देखाइन्थ्यो। तर आर्थिक अभावका कारण यो प्राचीन परम्परा खुम्चिँदै गएको हुँदा संस्कृतिविद्हरू चिन्तित देखिन्छन्।
कलाकार शर्माको अनुभव समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि