चेस रेकर्डः अभिमन्यु मिश्र बने सबैभन्दा कान्छो उमेरका 'चेस ग्र्यान्डमास्टर'

अभिमन्यु मिश्र

तस्बिर स्रोत, US chess/Justin N. Lane

तस्बिरको क्याप्शन, अभिमन्यु मिश्र १२ वर्ष ४ महिनाको उमेरमा चेस ग्र्यान्डमास्टर बनेका छन्

अभिमन्यु मिश्रले १२ वर्ष ४ महिनाको उमेरमा सबैभन्दा कम उमेरमा "चेस ग्र्यान्डमास्टर" बन्ने नयाँ कीर्तिमान राखेका छन्।

यसअघि सो कीर्तिमान सेर्गे कार्जाकीनको नाममा थियो जो सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमा चेस ग्र्यान्डमास्टर बनेका थिए।

अमेरिकाका अभिमन्यु १० वर्ष ९ महिना हुँदा सबैभन्दा कान्छा "अन्तर्राष्ट्रिय मास्टर" बनेका थिए।

उनको अबको लक्ष्य भनेको सबैभन्दा कान्छो "स्ट्रङ्ग ग्र्यान्डमास्टर र एलीट ग्र्यान्डमास्टर" को उपाधिहरू प्राप्त गर्ने रहेको छ।

चेस खेलमा उच्चस्तरको प्रदर्शन गर्दै तीन खेल जितेर विश्व चेस महासङ्घको रेटिङमा कम्तीमा २,५०० अङ्क प्राप्त गर्न सकेमा मात्र ग्र्यान्डमास्टर उपाधि पाइन्छ।

चेस

तस्बिर स्रोत, Getty Images

अभिमन्युले साढे दुई वर्षको उमेरमा चेस खेल्न थालेको र सात वर्षको उमेरमा सबैभन्दा कान्छो अमेरिकी दक्ष खेलाडी बनेका थिए।

कोभिडका कारण उनको लक्ष्य केही ढिलो भएको थियो तर बुडापेस्टमा पुगेर उनले ग्र्यान्डमास्टर र अन्तर्राष्ट्रिय ग्र्यान्डमास्टर प्रतियोगिताहरू खेले।

त्यहीँ उनले आफ्नो अङ्क २,६०० पुर्‍याएका हुन्।

चेस

तस्बिर स्रोत, Getty Images

चेस ग्र्यान्डमास्टर बनेपछि अभिमन्युले ट्विटरमा लेखेका छन्: "मलाई १४ महिना रोकेको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी (अहिलेको महामारी) लाई अन्ततः 'चेकमेट' गरेर पन्छाएँ। सबैलाई जनालाई माया र समर्थनको लागि धन्यवाद। अब विश्वकपको तयारीमा।"

रुसी खेलाडी कार्जाकीनले आफ्नो कीर्तिमान १९ वर्षपछि तोडिएकोमा केही दुःखी भएको बताए।

उनले भने: "म ढाँट्न चाहन्न, कीर्तिमान गुमाएकोमा म केही दुःखी छु। तर म उनलाई बधाई दिन सक्छु। उनी सर्वोकृष्ट खेलाडीमध्ये एक हुने आशा गर्छु र यो उनको ठूलो यात्राको राम्रो सुरुवात हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, बुद्धिचालले कसरी नाइजेरियाको सुकुमवासी बस्तीका केटाकेटीको जीवन परिवर्तन गरिरहेको छ
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीबीच ओलिम्पिक्सका लागि गौरिका सिंहको तयारी