कोरोना भाइरस नेपाल: थपिए १,५७३ जना सङ्क्रमित १० को मृत्यु; कुल मृत्यु हुनेमध्ये एकचौथाइ भन्दा बढी काठमाण्डू उपत्यकामा

तस्बिर स्रोत, RSS
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा १,५७३जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गत चौबीस घण्टामा १० जनाको कोभिड १९ का कारण ज्यान गएको छ।
मृतकमध्ये ९ पुरुष र १ महिला रहेको बताइएको छ।
आइतवारसम्म कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४७७ रहेको छ।
तीमध्ये काठमाण्डूमा मात्र ९२ जना ललितपुरमा २१ र भक्तपुरमा २० जनाको ज्यान गएको छ।
त्यसैले काठमाण्डूमा कुल १३३ जनाको मृत्यु हुन पुगेको छ जुन देशभरको कुल मृत्यु सङ्ख्याको २७ प्रतिशत भन्दा बढी हुन आउँछ।
देशभर जम्मा सक्रिय सङ्क्रमित १९,०१९ जना रहेका छन्।

तीमध्ये संस्थागत आइसोलेशनमा ८,३२१ जना छन् भने होम आइसोलेशनमा १०,६९८जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत चौबीस घण्टामा ८८५ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्।
हालसम्म कुल सञ्चो हुनेको सङ्ख्या ५३,८९८ छ भने कुल सङ्क्रमितको सङ्ख्या ७३,३९४रहेको छ।
आइतवार वटा पीसीआर १०,१२३ परीक्षण गरिएको थियो।
एकदिनमा सबभन्दा धेरै सङ्क्रमित काठमाण्डूमा
आइतवार सबभन्दा धेरै सङ्क्रमित ६३३ जना काठमाण्डू जिल्लामा फेला परेका छन्।
मोरङमा १५२ जना, ललितपुरमा १०४ जना र चितवनमा ८३ जना सङ्क्रमित फेला परेका छन्। त्यसैगरी सुर्खेतमा ७६ र भक्तपुरमा ७२ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आइसीयूमा २२५ जना रहेका छन् ती मध्ये १२२ जना बाग्मती प्रदेशमा रहेका छन्।
भेन्टिलेटरमा ३३ जना रहेको र तीमध्ये २६ जना बाग्मतीमा रहेको पनि मन्त्रालयले जनाएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










