तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत चीन सीमा विवाद : भारतीय प्रधानमन्त्रीले भने- सेनाले सीमालाई सुरक्षित राख्छ
गत सोमवार चिनियाँ सुरक्षा फौजसँग भएको हिंसामा आफ्ना २० सेनाको ज्यान गएपछि भारतले आवश्यक परे सैन्य शक्ति परिचालन गरेर आफ्नो सीमा रक्षा गर्ने वाचा गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सीमाभित्र विदेशी सुरक्षा फौज नरहेको र आफ्नो भूभाग पनि नगुमेको बताएका छन्।
विवादित हिमाली क्षेत्रमा भएको झडपमा आफ्नो तर्फबाट कति हताहती भयो भन्ने सूचना चीनले सार्वजनिक गरेको छैन।
दुई परमाणु शक्ति राष्ट्रले दुई देशलाई अनौपचारिक ढङ्गबाट विभाजन गरिरहेको सीमा रेखा पार गरेर लडाइ निम्त्याएको आरोप एकअर्कालाई लगाएका छन्।
भारतले लद्दाखस्थित गलवान उपत्यकामा भएको लडाइका क्रममा दुवै पक्षलाई क्षति पुगेको जनाएको छ।
शुक्रवार टेलिभिजनमार्फत दिइएको एउटा वक्तव्यमा मोदीले भारतीय भूभागको रक्षाका लागि भारतीय सशस्त्र फौजलाई "आवश्यक कदमहरू चाल्नका लागि अधिकार" दिइएको बताए।
"चीनले चालेका कदमहरूबाट पूरै देशले चित्त दुखाएको छ र आक्रोशित बनेको छ," उनले भने, "भारत आफ्नो सार्वभौमसत्तालाई शिरमा राखेर शान्ति र मित्रता चाहन्छ।"
सोमवारको झडपपछि बोल्दै मोदीले भने, "न कोही हाम्रो भूभागमा छ न हाम्रो कुनै चौकी कब्जा भएको छ।"
बन्दुक र विस्फोटक पदार्थ उक्त क्षेत्रमा ल्याउन नपाइने सन् १९९६को सम्झौता अनुसार गोलीगट्ठा बिना भएको लडाइका क्रममा कम्तीमा ७६ जना भारतीय सेना घाइते भएको बताइएको छ।
बिहीवार देखापरेको एउटा तस्बिरमा लाठी मुङ्ग्रोजस्ता हातहतियार लडाइका क्रममा प्रयोग गरिएको थियो।
किला गाडेको फलामे डण्डी देखिने तस्बिर भारतीय एकजना वरिष्ठ सैन्य अधिकारीले बीबीसीलाई पठाएका थिए।
भारत-चीन सीमामा रहेका ती सैन्य अधिकारीले उक्त हतियार चीनले प्रयोग गरेको बताए।
त्यो तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा ब्यापक रुपमा शेअर गरिएको थियो र त्यसले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ आक्रोश निम्त्याएको थियो। तर त्यसबारे भारतीय वा चिनियाँ अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन्।
सञ्जारमाध्यममा आएका खबरहरू अनुसार ४,३०० मिटरको उचाइमा रहेको झडपहरू भएको थियो। कठिन उक्त भूभागबाट केही सेनाहरू शुन्य डिग्री तापक्रम रहेको तीव्र गतिमा बगिरहेको गलवान नदीमा खसेका थिए।
त्यहाँ किन बन्दुकहरू थिएनन्?
उच्च भेगमा रहेको जटिल भूभाग गलवान उपत्यका अक्साइ चीनसँग नजिक छ। विवादित उक्त क्षेत्रमाथि भारतले आफ्नो भनि दाबी गर्छ र त्यसलाई चीनले नियन्त्रणमा राखेको छ।
परमाणु अस्त्र भएका दुई छिमेकीहरूले परम्परागत गोलीगठ्ठा बिना सीमामा लडाइ गरेको यो पहिलोपटक होइन।
३,४४० किलोमिटरभन्दा बढी भूभागमा दुवै देशले आफ्नो पनि दाबी गर्छन् जहाँ सीमा रेखा भए पनि स्पष्ट भने छैन।
उत्तरपूर्वी राज्य अरुणाँचल प्रदेशको ग्रामीण भेगमा सन् १९७५ मा पछिल्लोपटक गोली हानाहान भएको थियो जतिबेला चारजना भारतीय सेनाहरू मारिएका थिए।
उक्त झडपलाई पूर्व कूटनीतिज्ञहरूले धराप र दुर्घटना भनी व्याख्या गरेका थिए। तर त्यसयता गोलीहरू हानिएको थिएन।
तर हालैका सातामा सीमा क्षेत्रमा तनावपूर्ण मूठभेडहरू भएका छन्।
चीनले हजारौं सुरक्षाकर्मीलाई गलवान उपत्यकामा पठाएको र ३८,००० वर्गकिलोमिटर क्षेत्र ओगटेको आरोप भारतले लगाउने गरेको छ।
सीमा विवाद समाधानका लागि पछिल्ला तीन दशकमा बसेका थुप्रै वार्ताहरू विफल भएका छन्।